‘माडीको पर्यटन विकासका लागि गुरुयोजना जरूरी’ : पर्यटन मन्त्री नेपाल

146
SwadeshPost

माडीको पर्यटन विकासका लागि माडीको पर्यटन प्रवर्द्धनमा गुरुयोजना बनाएरै अगाडी बढ्नुपर्नेमा प्रादेशिक उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जोड दिनुभएको छ ।

आज माडी नगरपालिकाको सभाहलमा सम्पन्न एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले माडीको उर्वर भुमीमा महाभारत र रामायणसंग जोडिएका तथ्यहरु भएकोले प्रचारप्रसारमा जोड दिनुपर्ने र त्यसको लागि पर्यटन क्षेत्रसंग सम्बन्धित सरोकारवालाहरुसंग मन्त्रालयमै बसेर माडीको विषयमा छलफल गरिने गर्ने समेत बताउनुभएको छ । त्यसैगरी कार्यक्रमका सहभागीहरुले एक धार्मिक, ऐतिहासिक तथा पर्यापर्यटन विकास गरेर मात्रै माडीको समृद्धि सम्भव रहेकाले यहाँको पर्यटन विकास गर्न सबैको ध्यान पुग्नुपर्नेमा जोड दिएका छन् ।

पर्यटन विकास समिति माडी नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष नारायण प्रसाद पौडैलको अध्यक्षता रहेको थियो भने विशिष्ट अतिथिको रुपमा माडी नगरपालिका उपप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो । कार्यक्रममा माडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाअध्यक्षहरु, पार्टी प्रतिनिधिहरु, समाजसेवी, वुद्धिजिवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

SwadeshPost