क्यान्सर पीडित संरक्षणकर्मी भुसालको उपचार सहयोग अभियान जारी

147
SwadeshPost

घाँटीको क्यान्सर पीडित संरक्षणकर्मी तथा माडीका बामपन्थी नेता यमकान्त भुसालको उपचार सहयोगको अभियान निरन्तर जारी रहेको छ ।

हाल माडी उपत्यकाबाहिर सञ्चालनमा रहेको यस अभियानका क्रममा भरतपुर–८ निवासी सुर्य प्रसाद न्यौपानेबाट १० हजार, पर्वत जिल्ला घर भई हाल दक्षिण कोरियामा रहनुभएका अमृत न्यौपानेबाट ५ हजार, भरतपुर निवासी सुन्दर चापागाईंबाट ५ हजार, भरतपुर ९ निवासी ऋषिराम ढकाल बाट ५ हजार र माडी न.पा. १ घर भई हाल अस्ट्रेलिया निवासी माधव लामिछानेबाट १० हजार रुपैंया सहयोगस्वरुप संकलित भएको छ । त्यस्तै, माडी नगरपालिका वडा नं. १ हाल भरतपुर निवासी किशोरमणि न्यौपानेबाट ५ हजार, बुटवल खैरेनी घर भई हाल दुबई बस्नुहुने भानु पंगेनीबाट ५ हजार र प्रेमबस्ती घर भई हाल अस्ट्रेलियामा रहनुभएका रामेश्वरी अधिकारी र नबिन पाण्डेबाट पनि रु ५ हजार रुपैंया सहयोगस्वरुप संकलित भएको यमकान्त भुसाल उपचार सहयोग संकलन अभियानले जनाएको छ ।

पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तथा साविक गर्दी गा.बि.स. को वडा नं. ९ का वडाध्यक्ष रहिसक्नुभएका यमकान्त भुसालको उपचारमा १८ लाख रुपैंया खर्च हुने जनाइएको छ । भुसालको आर्थिक अवस्था कमजोर रहेको छ । सहयोग संकलन अभियानको सम्पूर्ण विवरण आधिकारिक रुपमा स्वदेश एफ.एम., स्वदेश अनलाइन टि.भी. र स्वदेशपोष्ट डट कममार्फत सार्वजनिक हुँदै आएको छ ।

SwadeshPost