माडीको बसन्तपुरमा सञ्चालित कर शिविरबाट करीब १० लाख राजस्व संकलित

289
SwadeshPost

उद्योग बाणिज्य संघ माडी, माडी नगरपालिका र आन्तरिक राजस्व कार्यालय, भरतपुरको संयुक्त आयोजनामा माडीको बसन्तपुरमा सञ्चालित कर शिविर हिजो सम्पन्न भएको छ ।

आन्तरिक राजस्व कार्यालय, भरतपुरको फिल्ड टोलीद्वारा दुइ दिनसम्म जारी कर शिविर हिजो सम्पन्न भएको हो । बसन्तपुरस्थित उद्योग बाणिज्य संघको कार्यालयमा सञ्चालित सो शिविरमा माडीका करदाताहरुले कर तिरेका हुन । शिविरमा २४० वटा पान नविकरण, ४५ वटा अन्तशुल्क नविकरण र ३० वटा नयाँ पान दर्ता गरिएको उद्योग बाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले जानकारी दिनुभयो । करदाताको उल्लेख्य उपस्थिति रहेको शिविरबाट करीब १० लाख २५ हजार रुपैंया राजस्व संकलन भएको छ ।

आन्तरिक राजस्व कार्यालय भरतपुरमा कर तिर्न जानुपर्दा लामो लाइन बस्नुपर्ने, बिचौलियाहरुबाट ठगिने तथा दुःख पाइने समस्या भोगिरहेका माडीबासीहरुलाई माडीमै सञ्चालित भएको कर शिविरले माडीका करदाताहरुले राहत महसुस गरेका छन् । उद्योग बाणिज्य संघ माडीले विगत केहि बर्षदेखि नियमित रुपमा कर शिविर आयोजना गर्दै आइरहेको छ ।

SwadeshPost