माडीकाे दक्षिण ब्रह्मपुरीमा जनस्तरबाट सामुदायिक भवन निर्माण कार्य सुरु

165
SwadeshPost

माडी नगरपालिका वडा नं. ५ दक्षिण ब्रह्मपुरीमा सामुदायिक भवन निर्माण कार्य सुरु भएकोे छ ।

करिब २ लाखको लागतमा सामुदायिक भवन निर्माण सुरु भएको हो । दक्षिण ब्रह्मपुरी टोलसुधार समिति र त्यसलाई साथ दिँदै सगरमाथा कालीका टोलसुधार समिति तथा नारायणी उपभोक्ता समितिको सक्रियतामा सञ्चालित देउसी भैलो कार्यक्रमबाट संकलित रकम ६५ हजार र ऋण सापट लिएको ५० हजारबाट निमार्ण कार्य सुरु गरिएको हो ।

गत श्रावण २० गतेबाट सुरु भएको भवन निर्माणको लागि हालसम्म करीब १ लाख खर्च भएको र थप रकम अपुग भएपछि निर्माण कार्यमा जटिलता आएको बताइएको छ । वडामा सञ्चिालित हुने विभिन्न कार्यक्रम, बैठक तथा वडामा हुने जुनसुकै भेलाको लागि सामुदायिक भवनको आवश्यकता महसुस गरी निर्माण कार्य सुरु गरिएको भवन निर्माणका अभियन्ता शुलभबन्धु पोख्रेलेल बताउनुभयो ।

भवन निर्माण कार्यलाई सम्पन्न गर्न शिक्षक झलकराम बराल र स्थानीय शिब चापागाईंले भवनको लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउनुभएको थियो । उक्त कार्यलाई सम्पन्न गर्न वडाबाट बैदेशिक रोजगारीमा जानुभएको वडाबासीहरुलाई निर्माण कार्यमा सहयोग पु¥याउन सामाजिक सञ्जालमार्फत आह्वान गरिएको र उहाँहरुबाट सकारात्मक प्रतिक्रिया समेत आएको अभियन्ता पोख्रेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost