पाण्डवनगर द्रौपतीनगर खानेपानी आयोजनाको काम करिब ९५ प्रतिशत सम्पन्न

397
SwadeshPost

पाण्डवनगर द्रौपतीनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरिरहेको खानेपानी आयोजनाको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । पुर्वी माडीको द्रौपतीनगर, पाण्डवनगर र बनकट्टा बोटेगाँउका करिब २०० घरधुरीलाई लक्षित गरि २०७२ साल चैत्रबाट सुरु गरिएको पानीट्याङ्की निर्माण तथा खानेपानी वितरण आयोजना अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष तुल्सिङ गुरुङले बताउनुभयो ।

डिभिजन खानेपानी कार्यालय चितवनद्वारा सञ्चालित सो आयोजना कुल ८० लाख लागतमा सञ्चालन गरिएको र हाल वर्षायाम रहेकाले आयोजना सम्पन्न हुन केहि ढिलाई भएतापनि वर्षायाम सकिएलगत्तै खानेपानी वितरण गरिने आयोजनाका अध्यक्ष गुरुङको भनाई थियो । आपतकालीन अवस्थामा तत्काल पिउन सकिने भएतापनि हाल करिब ७०० मिटर पाईपलाईन जडान गर्न बाँकी रहेको र धारा जडान गर्ने काम छिट्टै सम्पन्न गरिने अध्यक्ष गुरुङले स्वदेश एफ.एमलाई बताउनुभयो ।

SwadeshPost