माडी नगरभित्र कार्यरत गैरसरकारी संस्थाबिच समन्वयात्मक बैठक सम्पन्न

160
SwadeshPost

माडी नगरपालिका र नगरपालिका क्षेत्रभित्र कार्यरत गैरसरकारी संस्थाहरुबिच साेमबार समन्वयात्मक बैठक सम्पन्न भएको छ । माडी नगरपालिको सभाहलमा सम्पन्न उक्त बैठकमा नगरप्रमुख ठाकुर प्रसाद ढकालकाे अध्यक्षता रहेकाे थियाे भने कार्यक्रममा उपप्रमुख तारा कुमारी काजी महतो तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत रविशंकर शाहकाे उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा सिप नेपाल सचिव गोविन्द न्यौपाने, थ्रि एन्जल्स नेपालका जिल्ला संयोजक यमनाथ आचार्य, वाइन टु वाटरका तर्फबाट अभिषेक बस्नेत, चितवन सक्रिय महिला प्रतिष्ठानबाट सनशिला हमाल, के. आई. नेपाल संयोजक केमीका घिमीरे, एन आर एन प्रोजेक्ट कोअर्डिनेटर रविन्द्र सिंह ठकुरी लगायत सहभागी रहनुभएकाे थियो ।

कार्यक्रममा, माडीमा नेपाल ग्रामीण पुननिर्माण संस्था (आरआरएन) ले बाँदरमुढे खोला क्षेत्रमा चालु आर्थिक वर्ष २०७५/७६ को लागि अनुमानित २ करोड २० लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरेको थियो भने किङ्डम इन्भेस्टमेन्ट नेपालले अनुमानित १७ लाख ५३ हजार बजेट बराबरको कार्ययोजना प्रस्तुत गरेको थियो । बैठकबाट, माडी क्षेत्रमा कार्यरत गैर संस्थाहरुले आ–आफ्नो कार्यक्षेत्रका बारेमा जानकारी गराउने, माडी नगरक्षेत्रभित्र कार्यरत संस्थाहरुको वार्षिक वजेट तथा कार्यक्रमको माडी नगरपालिकालाई लिखित जानकारी गराउने र यही भाद्र २० गतेको मानव वेचविखन विरुद्धको १२ औं दिवस माडी नगरपालीका भित्र कार्यरत गैरसरकारी संस्थाहरुसंग समन्वय गरी चेतनामुलक कार्यक्रम सहित मनाउने लगायतका निर्णय गरिएको माडी नगरपालिका का सुचना अधिकारी प्रविण भण्डारीले जानकारी दिनुभयो ।

SwadeshPost