बाँदरझुलामा सवारी चलाउने अनुमती, बाटाे नबन्दा सर्बसाधरणलाई सास्ती

663
SwadeshPost

माडीको बाँदरझुलामा सवारी साधन सञ्चालन अनुमती दिइएको भएपनि बाटो बन्न नसक्दा बर्षायाममा सर्बसाधरणलाई सास्ती भएको छ । यसअघि बाँदरझुला क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण एम्बुलेन्स लगायत सबैखाले चारचक्के र सो भन्दा ठूला सवारी साधनहरु चल्ने अनुमती पाएका थिएनन् ।

आर्थिक वर्ष २०७४–७५ मा बाँदरझुला जाने बाटो निर्माणका लागि माडी नगरपालिकाले पन्ध्र लाख रुपैंया विनियोजन गरेको भएतापनि निर्माणको काम भने अझै सुरु भएको छैन । चितवन राष्ट्रिय निकुञ्जको कारण बाटो बनाउन डोजर जान नसकिएको सडक निर्माण उपभोक्ता समितिका सचिव मोहन स्याङतानले जानकारी दिनुभयो ।

बाँदरझुलाबासीको तर्फबाट माडी नगरपालिका घेराउपछि माडी नगरपालिका र बाँदरझुला बस्ती ब्यबस्थापन समितिबिच भएको सहमतीमा नगरप्रमुख ठाकुर प्रसाद ढकाल आँफै डोजर लिएर बाँदरझुलामा ७ दिन भित्र पुग्ने भनिएपनि अझैसम्म बाटो बनाउने काम सुरु हुन सकेको छैन । सवारी साधन लैजान मौखिक अनुमती मिलेपछि अब भने डोजर लगायतका ठूला निर्माण सामग्री लगी बाटो निर्माण हुनेमा आफूहरु आशावादी रहेको सचिव स्याङतानको भनाई छ ।

SwadeshPost