शैक्षिक संस्थालाई सुचना प्रविधियुक्त बनाउन नगर शिक्षा शाखाकाे पहल

380
SwadeshPost

माडीका शैक्षिक संस्थाहरुमा शैक्षिक तथा प्रशासनीका कार्यका लागि सुचना प्रविधीजन्य सामग्रीहरु जडान हुने भएको छ । नेपाल सरकार शिक्षा तथा प्रविधी मन्त्रालयले हालै विनियोजन गरेको ७५ लाख रुपैंया बजेटबाट विद्यालयहरुलाई सुचना प्रविधीजन्य कम्प्युटर, प्रिन्टर, ल्यापटप, विद्युतीय हाजिरी मेसिन, इन्टरनेट जडान तथा अन्य सामग्रीहरु जडान हुन लागेको हो ।

यसैबिच, माडी नगरपालिका शिक्षा शाखाले वुधबार माडी नगरपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयलाई सुचना प्रविधि मैत्री बनाउनको लागि बिशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी रहेका माडी नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरुले सुचना प्रबिधी मैत्री विद्यालय निर्माण गर्न एकीकृत भई लाग्ने प्रतिबद्धता जनाएका छन् ।

माडी नगरपालिकाको सभाहलमा नगरपालिकाका उपप्रमुख तारा कुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजिकरण नगर शिक्षाशाखा प्रमुख टंक न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर उप–प्रमुख महतोले विद्यालयहरु सुचना मैत्री हुने प्रयासलाई स्वागत गर्दै विद्यालयको शैक्षिक विकास गर्नु माडी नगरपालिको मुख्य प्राथमिकता रहेको जनाउनुभयो । त्यसैगरी नगपालिकाका सुचनाप्रविधी अधिकृत प्रविण भण्डारीले विद्यालयहरुलाई सुचना मैत्री बनाउन नगरपालिकाद्वारा यसै बर्षदेखि शिक्षक अभिमुखीकरण कार्यक्रम तथा पूर्वाधार विकासका लागि सहयोग गर्ने प्रतिवद्दता जनाउनुभयाे ।

SwadeshPost