नगरप्रमुख ढकाल नेतृत्वको प्रतिनिधिमण्डल राजधानी काठमाडौंमा

187
SwadeshPost

माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल नेतृत्वको एक प्रतिनिधि मण्डल राजधानी काठमाडौं पुगेको छ । काठमाण्डौमा केन्द्र सरकार र त्यस मातहतका विभिन्न निकायहरुमा भेटघाट हुने प्रतिनिधिमण्डलका सदस्य रामबन्धु पोख्रेलले जनाउनुभयो । टोलीले आज शिक्षा मन्त्रालय, स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय र खेलकुद मन्त्रालयमा भेटवार्ता गर्ने जनाएको छ ।

टोलीको एक मुख्य मिसनका रुपमा रहेको बाँदरमुढे पार्क निमार्णको गुरुयोजना तयार भई टोली स्थानिय विकास मन्त्रालय पुगेको छ । सो मन्त्रालयबाट अर्थ मन्त्रालय पुगेसंगै बजेट विनियोजन हुने जनाइएको छ । बजेट निकासा भएसंगै बाँदरमुढे पार्कको निर्माण प्रक्रिया अगाडी बढ्ने वडाअध्यक्ष तथा प्रतिनिधिमण्डल सदस्य रामबन्धु पोख्रेलको भनाइ थियो ।

SwadeshPost