माडीका युवाहरुको व्यवसायिक कम्पनी प्यास नेपालद्वारा उत्पादन सुरू

347
SwadeshPost

माडीका युवाहरुको व्यवसायिक कम्पनी प्यास नेपालले आफ्नो पहिलो उत्पादनका रुपमा १५० मिलि लिटर अट्ने को कागजी कप बजारमा ल्याएको छ । माडीको साविक कल्याणपुर क्षेत्रका १२ जना युवाहरुसंगै कुल १४ जना युवाहरुले साझेदारी मोडेलको कम्पनी प्यास नेपाल स्थापना गरेका हुन । कम्पनीले वातावरण मैत्री कागजी कप, प्लेट, न्यापकिन, झोला र टिस्यु पेपर उत्पादन गर्ने उद्देश्य राखेको प्यास नेपालका प्रमुख बिमल के.सी.ले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । पहिलो उत्पादनका रुपमा हाल पेपर कप उत्पादन भई माडीसंगै चितवन र देशका मुख्य शहरहरुमा बजारिकरण सुरुवात भएको के.सी.ले जनाउनुभयो ।

प्राय युवाहरुको रोजाई बैदेशिक रोजगारी हुने गरेको भएपनि स्वदेशमै केहि गर्नुपर्छ भन्ने भावना बोकी कम्पनी खडा गरिएको प्यास नेपालका अध्यक्ष समेत रहनुभएका के.सी.ले जनाउनुभयो । तर नेपाल सरकार र स्थानीय निकायहरुमा अझैपनि वातावरण मैत्री कप र प्लेट प्रयोग गर्नुपर्ने वा यसलाई प्रोत्साहन गर्नुपर्ने भावना नरहेको उहाँको गुनासो थियो । आफूहरु प्यास नेपालमार्फत व्यवसायसंगै वातावरणको संरक्षण र समाजसेवाको कार्यमा समेत सक्रिय रहने उहाँको भनाई थियो ।

SwadeshPost