क्यान्सर पीडित नेता भुसालकाे उपचारमा सघाउने सहयोगी हातहरु थपिँदै

430
SwadeshPost

घाँटीको क्यान्सरले पीडित बामपन्थी नेता यमकान्त भुसाललाई उपचार सहयोगार्थ थप निकाय र सहयोगी हातहरु थपिएका छन् ।

भुसालको उपचारमा सघाउन बेल्जियमा रहनुभएका प्रेम पाठकले रु ५ हजार, डुम्रे निवासी शालिग्राम सापकोटाले रु २ हजार, ज्ञानहरि पौडेलले रु २ हजार, हरिराम रेग्मीबाट रु ३ हजार, उमाकान्त शर्माबाट रु १ हजार, मोहनराज न्यौपानेबाट रु २ हजार र देबराज ढकालबाट रु १ हजार संकलित भएको छ । त्यसैगरी कतारमा रहनुभएका रामकृष्ण बास्तोला र बिष्णु बास्तोलाबाट रु ४ हजार, द लेप्रोसी मिसन माडी बसन्तपुरका परियाेजना प्रमुख नाती देशारबाट रु १५ सय, क्वेष्ट कलेज काठमाडौका सह–प्राध्यापक विश्व अवतार घलेबाट रु २ हजार र एकीकृत विकास समाज नेपालका उमाकान्त सापकोटाबाट रु ५ हजार रुपैंया सहयोगस्वप संकलित भएको हो । यसअघि नेपाल कम्युनिष्ट पार्टीको माडी नगर कमिटिले दश हजार रुपैंया सहयोग प्रदान गरेको थियो भने माडी नगरपालिका वडा नं. १ का रामजी पाध्याबाट रु १ हजार रुपैंया सहयोगस्वरुप संकलित भएको सहयोग संकलन अभियानका सचिव तथा पीडित भुसालका भाइ गंगा भुसालले जानकारी दिनुभयाे ।

पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तथा साविक गर्दी गा.बि.स. को वडा नं. ९ का वडाध्यक्ष रहिसक्नुभएका यमकान्त भुसालको भरतपुरस्थित बि. पी. कोइराला क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उहाँको उपचारमा १८ लाख रुपैंया खर्च हुने भएपनि परिवारको आर्थिक अवस्था भने कमजोर रहेको छ । सहयोग संकलनको अभियान हाल माडी उपत्यकासंगै विभिन्न ठाउँहरुमा जारी रहेको छ । यस प्रक्रियाको सम्पूर्ण विवरण आधिकारिक रुपमा स्वदेश एफ.एम. र स्वदेशपोष्ट अनलाइनमार्फत सार्वजनिक हुँदै आएको छ ।

SwadeshPost