विद्यालय सुरक्षा र विपद् न्युनिकरण सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

594
SwadeshPost

विद्यालय सुरक्षा योजना तथा विपद् न्युनिकरण सम्वन्धी एक दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । विद्यालय स्तरिय विपद् न्युनकरणको उद्देश्य सहित माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा आयोजित सो कार्यक्रममा माडीको पाँचवटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, अाठवटा विद्यालयका प्रधानाध्यापक तथा जिल्ला समन्वय समितिका पदाधिकारी एवं इकाई प्रमुखहरु गरी २५ जनाको सहभागिता रहको थियो ।

जिल्ला समन्वय समितिका इकाइ प्रमुख दिपेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो । सहभागीहरुलाई इकाइ प्रमुख सुवेदीसंगै टंक न्यौपाने र हेमचन्द्र पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

यसैबिच, जनजिवन माध्यामीक विधालय खरकट्टाका ३४ जना शिक्षक शिक्षिकाहरुलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा छुट्टै प्रशिक्षण दिइएको छ । हिजो दिउसो सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समितिका इकाइ प्रमुख दिपेन्द्र सुवेदी संगै नगरपालीका वडा नं ८ का वडाअध्यक्ष कुष्णराज अधिकारीले अन्तरक्रियात्मक पशिक्षण दिनुभएको हो प्रशिक्षणमा नतिजा विश्लेषण, विद्यार्थी र अभिभावकसम्म नतिजाको प्रभावकारी पहुँच र सुचना प्रविधीको प्रयोगका विषयमा कार्यशाला गरिएको प्रशिक्षक तथा वडाअध्यक्ष कृष्णराज अधिकारीले स्वदेश एफ.एम. लाइ जानकारी दिनुभयो ।

SwadeshPost