मानव बेचबिखन रोक्न बगहीँमा स्थापित परामर्श केन्द्रलाई निरन्तरता दिइने

160
SwadeshPost

किङ्डम इन्भेष्टमेन्ट नेपालले माडीको बगही बसपार्कमा मानव बेचबिखन रोक्न स्थापना गरेको सूचना तथा परामर्श केन्द्रलाई निरन्तरता दिने भएको छ । संक्षेपमा के.आई. नेपाल नामको सो संस्था र माडी नगरपालिका बिच सूचना तथा परामर्श केन्द्र निरन्तरता दिने सम्झौता भएको हो । सो केन्द्रले लैंगिक हिंसा न्यूनिकरण गर्ने तथा माडी हुँदै ठोरीको बाटो भई बढिरहेको मानव बेचबिखन रोक्ने उद्देश्य राखेको छ ।

पछिल्ला दिनहरुमा मानव बेचविखनको घटना बढेको देखिएको र इलाका प्रहरी कार्यालयले समेत अनुरोध गरेपछि तत्कालका लागि एक बर्ष अवधीभर केन्द्र सञ्चालन हुने र त्यसपछि पनि यसलाई नगरपालिकाको समन्वयमा सञ्चालनमा राखिने के.आई. नेपालकी जिल्ला संयोजक केमिका घिमिरेले जनाउनुभयो । त्यसैगरी माडीकाे वडा नं. ९ अन्तरगत प्याउली, कुसुमखाेला, बगहीँ लगायतका क्षेत्रमा माडीमा घरेलु हिंसा तथा मानव बेचविखनकाे समस्या अधिक रहेकाेले बगहीँस्थित परामर्श केन्द्रले साे ठाउँबाट प्रभावकारी भूमिका निभाउन सक्ने उहाँकाे भनाइ थियाे ।

संस्थाले जारी वर्ष १७ लाख ५३ हजार बराबरको काम गर्ने छ । यो संस्थाले मानव बेचविखनविरुद्धको जनचेतना अभिवृद्धि, सुरक्षित वैदेशिक रोजगारीबारे परामर्शसम्बन्धी गाउँटोलमा पुगेर कार्यक्रम गर्ने जनाइएको छ ।

SwadeshPost