तीजको अवसरमा बाँदरझुलामा दोश्रो तीजकप फुटबल प्रतियोगिता हुने

484
SwadeshPost

युवा दर्शन समाज क्लब बाँदरझुलाले आउँदो तीज पर्वको अवसरमा दोश्रो हरितालिका तीज फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

युवाहरुको समस्या उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका प्रतिनिधी रुपेन प्रजाले जानकारी दिनुभयो । प्रतियोगिता आउदो भदौ २० गतेदेखि बाँदरझुलाको प्लट नं. ५ मा सञ्चालन गरिनेछ । प्रतियोगिताको प्रथम पुरस्कार ३० किलोग्रामको खसी र दोश्रो पुरस्कार १५ किलोग्रामको खसी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने क्लबहरुले भदौ १५ गते विहान ८ देखि साँझ ५ बजेसम्म बाँदरझुलामा टिम दर्ता गर्नुपर्ने क्लबले जनाएको छ ।

SwadeshPost