पोखरामा १४ वर्षिय बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

134
SwadeshPost

पोखरामा १४ वर्षिय बालिका मृत फेला परेकी छन् । विन्ध्यवासिनी माध्यामिक विद्यालय बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत १४ बर्षिया पुष्पा के.सी. मृत फेला परेकी हुन् । बिहीबार विद्यालयबाट फर्किएदेखि हराएकी पोखरा १९ लामौचारकी उनी शुक्रबार साँझ मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

विद्यालयको बसले करिब साढे ४ बजे छाडेपनि उनी घर पुगेकी थिइनन् । बिहीबार साँझबाटै परिवार र स्थानीय र प्रहरीले उनको खोजी गरिरहेको थियो । त्यसै क्रममा पोखरा १९ फापरतरोमा उनको सब भेटिएको प्रहरीले जानकारी दिएको छ । उनको घर पोखरा १९ जिमेरेदेखि करिब साढे दुई किलोमिटर पर शव भेटिएको हा । उनको झोला भने १९ ढाटमा घरदेखि करिब १ किलोमिटर पर भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरले आशंका गरेको छ ।

यसैबिच, कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा आशंका गरिएका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा र भिमदत्तनगरका नगर प्रमुख सुरेन्द्र विष्टका भतिजालाई पनि अनुसन्धानको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ । यस विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल भएको स्रोतले जनाएको छ । यसअघि पक्राउ गरेर तारेखमा छाडिएका दुई युवालाई पनि पक्राउ गरेर थप अनुसन्धान गर्न गृहले निर्देशन दिएको छ ।

SwadeshPost