माडीको गणेशकुञ्जमा गाउँलेहरूद्वारा सामुदायिक भवन निर्माण सुरु

319
SwadeshPost

पूर्वी माडीको गणेशकुञ्जमा सामुदायिक भवन निर्माण सुरु भएको छ । माडी नगरपालिका वडा नं. ९ को करीब १ लाख तथा बाँकी करीब २ लाख रुपैंया स्थानीय समुदायद्वारा जुटाउने गरी सामुदायिक भवन निर्माण सुरु गरिएको हो ।

गाउँघरका स्थानीय बैठक, भेला, छलफल आदि सञ्चालन गर्न सामुदायिक भवनको आवश्यकता महसुस भएकाले सम्पूर्ण गाउँलेहरुको सहभागितामा निर्माण कार्य सञ्चालन गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । भवन निर्माणका लागि ऋषिराम भण्डारी अध्यक्ष र हर्क हमाल सचिव रहेको सामुदायिक भवन निर्माण उपभोक्ता समिति गठन भएको छ । निर्माण कार्य आउँदो हप्तासम्ममा पुरा हुने उपभोक्ता समितिका सह–सचिव तोयानाथ अधिकारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । निर्माण कार्य पुरा गर्न केहि रकम नपुग हुने जनाउँदै समितिले सहयोगी मनबाट भौतिक तथा आर्थिक सहयोगको अपेक्षा गरेको जनाएको छ ।

SwadeshPost