माडीको बनकट्टामा एक गैंडा मृत अवस्थामा फेला, खाग र खुर भने सुरक्षित

587
SwadeshPost

माडीको बनकट्टामा मंगलबार एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट करिब १ किलोमिटर दक्षिण भेगमा रिउखोलाको बनकट्टा बस्ति छेउको काँसघारीमा गैंडा मरेको अवस्थामा फेला परेको हो । समुदायहरुबाट मृत गैंडाको गन्ध आएको सुचना पाएपछि पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको टोलीले खोजी गर्दा गैडा मृत अवस्थामा भेटिएको हो ।

गैंडा मरेको सुचना पाएलगत्तै चितवन राष्ट्रिय निकुञ्ज रेन्जर र नेपाली सेनाको टोली उक्त ठाउँमा पुगेको थियो । गैंडाको अवस्था हेर्दा करिब ४–५ दिन अगाडि खाल्डोमा लडेर मरेकोे हुनसक्ने अनुमान गरिएको छ । गैंडाको खाग भने सुरक्षित रहेको छ । मंगलबार साँझ खाग र खुर काट्ने काम गरिएको र मृत गैंडालाई आज (बुधबार) गाड्ने काम हुने हाम्रा प्रतिनिधी मोहन स्याङतानले जानकारी दिनुभयो ।

SwadeshPost