माडीमा बाल भित्तेपत्रिका प्रकाशन तथा आधारभूत उद्घोषणको तालिम सुरु

280
SwadeshPost

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) माडी र स्वदेश एफ.एम.को संयुक्त आयोजनामा शुक्रबारदेखि तीनदिने बाल भित्तेपत्रिका प्रकाशन तथा आधारभूत स्टेज उद्घोषणको तालिम सुरुवात भएको छ । तालिममा माडीका संस्थागत विद्यालयहरुमा अध्ययनरत ४० जना विद्यार्थीहरु सहभागी रहेका छन् । सहभागी विद्यार्थीहरुलाई स्वदेश एफ.एम.का अध्यक्ष तथा आमसञ्चार एवं पत्रकारिताका राष्ट्रिय प्रशिक्षक देव अञ्जान शाहले तालिम दिनुभएको छ भने स्वदेश एफ.एम.का समाचार प्रमुख प्रेम पौडेल उज्ज्वल, समाचार सहयात्री दीपा सुवेदी, एञ्जिला गुरुङ र सहभागी विद्यालयका शिक्षकहरुले सहजिकरण गर्नुभएकाे छ ।

बसन्तपुरको शिखर पार्टी प्यालेसमा सञ्चालन भइरहेको सो तालिमका प्रशिक्षार्थीहरुलाई विद्यालयमा भित्ते पत्रिका प्रकाशन र स्टेज उद्घोषणको प्रयोगात्मक अभ्यास समेत गराइने आयोजकले जनाएको छ । तालिममा सहभागी विद्यार्थीहरुले सो तालिममा सहभागी हुनाले बाल पत्रकारिताको अध्यास गर्न पाइएकोले खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

SwadeshPost