माडीमा शिक्षकहरुबिच निबन्ध लेखन प्रतियोगिता र साहित्यिक गोष्ठी सम्पन्न

528
SwadeshPost

पुस्तकालय दिवसको अवसरमा शुक्रबार माडीमा शिक्षकहरुबिच समृद्ध पुस्तकालय, सुदृढ समाज बिषयको निबन्ध लेखन प्रतियोगिता र साहित्यिक गोष्ठी सम्पन्न भएको छ । प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयका शिक्षक तथा माडी साहित्य परिवारका सचिव विपिन पाठक प्रथम हुनुभएको छ । त्यसैगरी द्धितिय स्थान भैरवपुर आधारभूत विद्यालयकी शिक्षिका सोभा अधिकारीले, तेश्रो स्थान शिक्षक गंगा भुसाल र चौथो स्थान बीरेन्द्र रत्यौतीले हासिल गर्नुभएको छ ।गर्दी सामुदायिक पुस्तकालय र माडी साहित्य परिवारको संयुक्त आयोजनामा आज निम्न माध्यमिक विद्यालय तथा माध्यमिक विद्यालय तहका शिक्षक शिक्षिका स्तरीय निबन्ध प्रतियोगिता गरिएको थियो ।

कार्यक्रम गर्दी सामुदायिक पुस्तकालयका अध्यक्ष भरत तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो भने रामलाल महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।प्रमुख अतिथि महतोले समाज परिवर्तनमा साहित्यको अमूल्य योगदान रहेको जनाउनुभयो । कार्यक्रममा बोल्दै माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले साहित्यले समाजको बाटो देखाउने सत्कर्म गर्ने भन्दै साहित्यकारहरुको कलम र कृतिलाई माडी नगरपालिकाले सम्मान गर्ने बताउनुभयो । संधै बिद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराइने गरिएकोमा यसपटक केहि फरक गर्ने उद्देश्यले शिक्षकहरुबिच निबन्ध लेखनको प्रतिस्पर्धा गराइएको अध्यक्ष तिमिल्सिनाको भनाई थियो ।

SwadeshPost