ब्रह्मपुरीमा कृष्ण जन्माष्टमीकाे अवसरमा साँस्कृतिक रोपाँईजात्रा सम्पन्न

320
SwadeshPost

समुदायका लागि सामुदायिक भवन निर्माण सहयोगार्थ अभियान अन्तरगतको माडी नगरपालिका-५ ब्रह्मपुरीमा आइतबार कृष्ण जन्माष्टमीको अवसरमा साँस्कृतिक तथा रोपाँईजात्रा कार्यक्रम सम्पन्न गरिएको छ ।

दक्षिण ब्रहम्पुरी टोलसुधार समिति र सगरमाथा कालिका टोलसुधार समिति को सहकार्य तथा पर्यटन विकास समिति माडीको प्र्रवद्र्धनमा सुरु गरिएको साँस्कृतिक तथा रोपाँईजात्रा कार्यक्रम निर्माणधिन सामुदायिक भवनबाट सुरु गरि लाखे नाच प्रस्तुत गर्दै राधा कृष्णको भेषमा बालबालिकाहरुलाइ सहभागि गराइएको थियो । सर्यौको संख्यामा उपस्थिती टोलीले ब्रह्मज्योति आधारभुत विधालयमा पुगेर नाचगान गरि कृष्ण जन्माष्टमि मनाइएको थियो ।

त्यस्तै, करिब २ लाखको लागतमा निमार्ण सम्पन्न गर्न लागिएको उक्त सामुदायिक भवनको लागि रकम अपुग भएपछि प्रवासमा रहनुभएका स्थानिय युवाहरुले सहयोग गर्ने जारी रहेको छ । हालसम्म सहयोग गर्ने सहयोगदाताहरुमा नवीन घिमिरे कतारबाट रु. १५,०००, माधव चापागाई (कतार) रु. ५५५५, राम चन्द्र बस्याल (युएई) रु.५५५५, प्रकाश लामीछाने (बहराईन) रु. ५०००, त्यस्तैगरि भिष्म लामीछाने (मलेशिया) बाट रु. ५०००, नारायण भट्टाराई (मलेशिया) रु. ५०००, अर्जुन रानाभाट (कतार) रु. ५०००, कृष्ण गौतम (कोरिया) रु. ५०००, सुशान्त भट्टराई रु. ४००० (कोरिया), कमल न्यौपाने रु. ४००० (कोरिया), प्रदिप लामीछाने (कोरिया) रु. २५००, सुरज पौडेल (कोरिया) रु. २५०० र राजकुमार ल्वागुन ( इन्डिया) बाट रु. ११०० सहयोग स्वरुप सहयोग रकम प्राप्त भएको र रकम प्राप्त हुने क्रम जारी रहेको सामुदायिक भवन निर्माण समितिले जनाएको छ ।

SwadeshPost