माडी मा.वि. मा नवनिर्मित चारकोठे भवनको उद्धघाटन सम्पन्न

236
SwadeshPost

माडी माध्यामिक विद्यालयमा अाइतबार नवनिर्मित चारकोठे भवनको उद्धघाटन तथा चाबि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) चितवनको रु. ५८ लाख लाख ७२ हजार २८३ अनुदान र जनसहभागिता बाट रु. ९८ हजार ३८५ गरि कुल ५९ लाख ७० हजार ६६८ लागतमा निर्माण गरिएको उक्त भवनको आइतबार एक कार्यक्रमका बिच उद्धघाटन तथा चाबि हस्तान्तरण गरिएको हो ।

बलबहादुर परिवारको अध्यक्षता र पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) प्रमुख श्री भक्तबहादुर सेञ्चुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि माडी नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष पुरन महतो रहनुभएको थियोभने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सेञ्चुरीले माडीमा प्राविधिक शिक्षाको आवश्यकता र महत्वबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन माडी माध्यामिक विद्यालयका प्रधानाध्यापक मन बहादुर भुजेलले गर्नुभएको थियो ।

SwadeshPost