हरितालिका तीजको अवसरमा माडीमा बृहत तीज उत्सव २०७५ आयोजित

Women sing and dance at Pashupatinath Temple during the Teej festival in Kathmandu September 8, 2013. The three-day festival, commemorating the union of Goddess Parvati and Lord Shiva, involves sumptuous feasts and rigid fasting. Hindu women pray for marital bliss, the well-being of their spouses and children, and the purification of their own bodies and souls during this period of religious fasting. REUTERS/Navesh Chitrakar (NEPALS - Tags: RELIGION SOCIETY) ORG XMIT: NEP01
170
SwadeshPost

हरितालिका तीजको अवसरमा माडीको बसन्तपुरमा आयोजित बृहत तीज उत्सव २०७५ को तयारी तीब्र गतिमा अगाडि बढेको छ । तीज पर्वको अवसरमा माडीमा क्रियाशील विभिन्न संघसंस्थाहरुले सामुहिक रुपमा बृहत् तीज उत्सवको आयोजना गरेको हो ।

स्वदेश एफ.एम. ९३.२ मेगाहर्जसंगै ब्राह्मण समाज नेपाल र शिवशक्ति महिला समूह बसन्तपुरको आयोजना तथा गुप्तेश्वर महादेव शिव मन्दिर बसन्तपुर, नेवा राज समाज, नेपाल सुनचाँदी व्यवयासी संघ माडी, झिलिमिलि मार्केट व्यवस्थापन समिति, बैदिक धर्म परिषद् माडी शाखा र माडी होटल व्यवसायी संघ लगायतका संघसंस्था र समूहहरुको सहकार्यमा सहभागितामुलक तीज उत्सव हुने भएको हो । तीज पर्वको दिन बसन्तपुरको खुल्ला मञ्च नजिकै दिवाकर चोक झिलिमिली मार्केट क्षेत्रमा स्टेज निर्माण गरी खुला कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमको स्वदेश एफ.एम. र भरतपुरको अभियान टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

कार्यक्रममा सहभागिताका लागि आयोजकहरुले माडीका क्रियाशील महिला समूह, आमा समूह, क्लब तथा अन्य इच्छुकहरुलाई अनुरोध गरेका छन् । इच्छुकहरुले स्वदेश एफ.एम.को कार्यालयमा सम्पर्क गरी नाम दर्ता गर्न सक्नुहुने जनाइएको छ । माडीको बसन्तपुरमा हरेक बर्ष तीज विशेष कार्यक्रम हुँदै आएको छ । यसपटकको तीज कार्यक्रम मार्फत लैंगिक हिंसा हटाउने तथा नयाँ माडी निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको आयोजक पक्षको भनाई छ ।

SwadeshPost