स्टार कपमा बोटे समाज, चिरौली, साहारा र स्टार स्पोर्टस् भेट्रान दाेश्राे चरण प्रवेश

584
SwadeshPost

बरुवामा जारी २४ औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत तेश्रो दिनका खेलहरु सम्पन्न भएका छन् । पहिलो खेल विहान १० बजे नेपाल बोटे समाज बनकट्टा र प्रकृति तथा वातावरण संरक्षण समाज खैरहनीबिच भएकोमा १–० गोलअन्तरसहित नेपाल बोटे समाज बनकट्टा दोश्रो चरणमा पुगेको छ । त्यसैगरी मध्यान्ह १२ बजे चिरौली युवा क्लब चिरौली र चौतारी युवा क्बल भंगताबिच प्रतिस्पर्धा भएकोमा २–१ गोलअन्तर सहित चिरौली युवा क्लब बिजयी भएको छ । त्यस्तै दिउँसो २ बजे साहारा युवा क्लब ब्रह्मपुरी र बर्डस नेपाल बघौंडा ए ले स्पर्धा गरेकोमा १–० गोलअन्तरले बर्डस् नेपाल बघौंडा दोश्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरी चौथो तथा अन्तिम खेलमा आयोजक स्टार स्पोर्टस् क्लब बरुवाको भेट्रान समूह र नवबिहानी युवा क्लब सितलपरबिच खेल भएकोमा २–० ले स्टार स्पोर्टसको भेट्रान विजयी भएको छ ।

प्रतियोगिता अन्तरगत मंगलबार चौथो दिनका खेलहरु सञ्चालन हुनेछन् । बिहान १० बजे चैनपुर फुटबल क्लब चैनपुर र युनाइटेड क्लब बिरञ्ची भिँड्नेछन् । त्यसैगरी मध्यान्ह १२ बजेदेखि जितबाहन युवा क्लब गर्दी र साहारा युवा क्लब ब्रह्मपुरी ए प्रतिस्पर्धा गर्नेछन् । तेश्रो खेल दियो क्लब माडी र बर्डस नेपाल बघौंडा बी बिच दिउँसो २ बजे हुनेछ भने अन्तिम खेलमा जनकल्याण तमु समाज कल्याणपुर र ज्ञानज्योति युवा क्लब, भैरवपुर ए दोश्रो चरणमा पुग्नका लागि स्पर्धा गर्नेछन् ।

प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार शिल्ड मेडल र प्रमाणपत्रसहित क्रमशः ७५ हजार ५ सय ५५, ३७ हजार ५ सय ५५ र १० हजार रहेको छ । त्यसैगरी बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर तथा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको सहयोगी संस्था माडी नगर युवा खेलकुद तथा साँस्कृतिक समिति रहेको छ भने आधिकारिक मिडिया स्वदेस एफ. एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost