माडीमा स्वच्छ खानेपानी उपलब्ध गराउन सञ्चालित ४ दिने तालिम सम्पन्न

321
SwadeshPost

माडी नगरपालिका १ कल्याणपुर डाडागाउँमा स्वच्छ खानेपानि उपलब्ध गराउनका लागि सञ्चालित कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समिति निमार्ण पुर्व तयारीको ४ दिने तालिम मंगलबार सम्पन्न भएको छ । वाइन टु वाटर नेपालले आयोजना गरेको सो कार्यक्रममा सहयोगि संस्था सिप नेपाल रहेको थियो । तालिममा समिति भित्रका सदस्यहरु सहित १७ जना सहभागि रहेका थिए । तालिमको प्रशिक्षक वाइन टु वाटर नेपालका फिल्ड स्टाफ अभिशेक बस्नेत रहनुभएको थियो भने सिप नेपालकी अध्यक्ष इन्दिर बिंकले महिला शशक्तिकरण, समाबेशिताको बारेमा जानकारी गराउनुभएको थियो । तलिममा समाजको जिम्मेवारी, समितिको भुमिका र जिम्मेवारी साथै आयोजनाको लागि लाग्ने आर्थिक विवरणको बारेमा जानकारी गराइ समितिका सदस्यहरुलाई कार्यविभाजन गरि अघि बढाइएको थियो ।

यसअघि, माडी नगरपालिका १ कल्याणपुर डाडागाउँमा स्वच्छ खानेपानि उपलब्ध गराउनका लागि कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई उपभोत्ता समिति , वाइन टु वाटर नेपाल र माडीका सरकारी निकायहरुबिच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सो सम्झौता अनुसार वाइन टु वाटर नेपालले नगद तथा सामाग्रि सहित ३५ लाख ६७ हजार ५२७ योगदान गर्ने, त्यस्तै, उपभोत्ता स्थानिय समुदायहरुले श्रमदान तथा नगद सहित ११ लाख ३३ हजार ५०७, माडी नगरपालिका बाट ६ लाख ८४८, गर्दि मध्यवर्ती उपभोत्ता समितिबाट १ लाख, माडी नगरपालिका वडा नं १ कार्यालयबाट रु १ लाख, पाण्डवनगर खानेपानी योजनाबाट १ लाख बराबरको १ हजार १ सय मिटरको पाइप सहयोग गर्ने सम्झौता भएको थियो ।
कल्याणपुर डाँडागाउँमा खानेपानी तथा सरसफाई योजनाको लागि अनुमानित ५६ लाख ६९ हजार ९१० लागत लाग्ने कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई उपभोत्ता समितिका सचिव दुर्गा बहादुर सुनारले जानकारी दिनुभयो । योजना यहि भाद« ७ गतेबाट सुरु भएको र आउदो चैत्र मसान्तमा सम्पन्न गर्ने लक्ष्य रहेको सचिवले बताउनुभयो । सो खानेपानी योजनाबाट कल्याणपुरका ९८ घरधुरी लाभान्वित हुने जनाइएको छ ।

SwadeshPost