स्टार कपमा चिरौली युनाइटेड, जनआस्था र सिएफसी दाेश्राे चरण प्रवेश

275
SwadeshPost

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज पाँचौ दिनका लागि निर्धारित ३ वटा खेलहरु सम्पन्न भएका छन् । यो संगै प्रतियोगिताको पहिलो चरणका खेलहरुको श्रृङ्खला पुरा भएको छ । भोलिदेखि दोश्रो चरणका खेलहरु सञ्चालन हुनेछन् ।

आजको पहिलो खेल मध्यान्ह १२ बजेपछि बाल्मीकी स्पोर्टस् क्लब, माडी–१, कल्याणपुर र चिरौली युनाइटेड क्लब बी बिच भएकोमा २–० को गोलअन्तरसहित चिरौली युनाइटेड क्लब दोश्रो चरणमा पुगेको छ । चिरौलीले खेलको पहिलो हाफमा पहिलो गोल गरेको पाँच मिनेटमै दोश्रो गोल गरी आफ्नो जीत सुनिश्चित गरेको थियो । त्यसैगरी दिउँसो २ बजे जनआस्था युवा क्लब, माडी–६ बसन्तपुर र अयोध्यापुरी फुटबल क्लब (एएफसी) अयोध्यापुरी बिच प्रतिस्पर्धा भएकोमा २–१ गोलअन्तर सहित जनआस्था युवा क्लब, माडी–६ बसन्तपुर बिजयी भएको छ । आजै सम्पन्न तेश्रो तथा अन्तिम खेलमा प्रतिभा युवा क्लब सितलपुर र चैनपुर फुटबल क्लब (सिएफसी) चैनपुर बी बिच निर्धारित समयसम्म दुबैपक्षबाट १–१ गोल भएकोमा टाइब्रेकरमा ४–३ को गोलअन्तरसहित चैनपुर फुटबल क्लब (सिएफसी) दोश्रो चरण प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत भोलि छैठौं दिन दोश्रो चरणका २ वटा खेलहरु सञ्चालन हुनेछन् । पहिलो खेल १ः३० बजे बसन्तपुर युनाइटेड क्लब ए र नेपाल बोटे समाज बनकट्टाबिच हुने छ भने दोश्रो खेलमा दिउँसो ३ः३० बजे इन्टर मिलान क्लब, लक्ष्मुनियाँ र स्टार स्पोर्टस्को भेट्रान टिमबिच प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार शिल्ड मेडल र प्रमाणपत्रसहित क्रमशः ७५ हजार ५ सय ५५, ३७ हजार ५ सय ५५ र १० हजार रहेको छ । त्यसैगरी बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर तथा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको सहयोगी संस्था माडी नगर युवा खेलकुद तथा साँस्कृतिक समिति रहेको छ भने आधिकारिक मिडिया स्वदेस एफ. एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost