आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

माडीकाे भाडा बढेसंगै चितवनका अन्य रुटमा अनधिकृत भाडा बढेको गुनासो

  • A
  • A+
  • A++

नारायणगढ माडी ठोरी हुलाकी सडक खण्डमा सञ्चालित सार्वजनिक बसहरुले यात्रु भाडा बढाएसंगै चितवनका अन्य रुटमा पनि बिना अनुमती सवारी भाडा बढेको गुनासो उठेको छ ।

विज्ञापन १

माडीको बाटो बिग्रिएको र पुलहरु भत्केको देखाउँदै यातायात व्यवसायीहरुले माडी नगरपालिकाको सिफारिससहित प्रमुख जिल्ला अधिकारी नेतृत्वको सवारी भाडा निर्धारण समितिमार्फत निर्णय गराई भाडा बढाएका थिए । तर सवारी भाडा बढाउन यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले माडी ठोरी रुटको मात्रै मात्रै भाडा बढेको जनाएपनि व्यवसायीहरुले अन्य रुटमा पनि साबिकभन्दा धेरै भाडा असुलिरहेको गुनासो आइरहेको हो । जथाभावी भाडा असुलिएको गुनासो बढेपछि आज चितवन जिल्ला प्रशासन कार्यालयले त्यस्ता सवारीलाई कारवाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । बिना आधार चर्को भाडा असुल्ने बस, म्याजिक, मिनिबस लगायत कुनैपनि सवारी साधनबारे तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अनुरोध गरेको हो ।

विज्ञापन २

यता, नारायणगढ माडी ठोरी रुटमा भने समायोजित भाडादर पूर्ण कार्यान्वयनमा आएको छ । प्रतिकिलोमिटर रु २ रुपैंया ४५ पैसाको दररेट अनुसार भरतपुरदेखि बनकट्टाको रु ८५, गर्दी÷सेरुवाको रु ९०, बरुवाको ९८ र चिरौली÷सिधुवाको रु १०५, बसन्तपुरको रु ११०, कल्याणपुरको रु १२०, कीर्तनपुरको रु १२३, देबेन्द्रपुरको रु १३०, खरकट्टाको रु १३६ र टम्टा÷कृष्णनगरको रु १४० तथा बगहीको रु १५० पुगेको छ । सम्पूर्ण प्रक्रिया पुरा गरी माडीको भाडा बढाइएको भएपनि एक्कैचोटी भारी भाडा बृद्धि भएको माडीमा पनि गुनासो आइरहेको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया