माडी नगरपालिकाद्वारा बाँदरझुलामा बाटो निर्माण कार्य शुरु गरिँदै

292
SwadeshPost

सुदुरपुर्वी माडीको बाँदरझुलामा आजदेखि सवारीसाधन आवतजावतमा सहजताको लागि बाटो बनाउने काम शुरु हुने भएको छ । माडी नगरपालिकाको टोली नगरप्रमुख ठाकुरप्रसाद ढकाल सहित आज (भदौ २१ गते) बाँदरझुला जाने भएको छ । चाडपर्व नजिकिँदै गर्दा बाटो बन्ने भएपछि सर्वसाधरणहरुलाई सहज हुने भएको छ । बाटोघाटो बनेसंगै बस सञ्चालन हुने सर्वसाधरणहरुले विश्वास लिएका छन् ।

यसैबिच, युवा दर्शन समाज क्लब बाँदरझुलाको आयोजनामा आजदेखि दोश्रो हरितालिका तीज नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको छ । प्रतियोगिताको आज दिउसो माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । युवाहरुको समस्या उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका प्रतिनिधी रुपेन प्रजाले जानकारी दिनुभयो । आज सुरुवात भई सो प्रतियोगिता आउदो भदौ २८ गतेसम्म सञ्चालनमा रहने छ । खेलमा माडी, ठोरी र बाँदरझुलाका फुटबल क्लब र समूहहरुको सहभागिता रहनेछ । प्रतियोगिताको प्रथम पुरस्कार शिल्ड र मेडलसंगै ३० किलोग्रामको खसी तथा दोश्रो पुरस्कार शिल्ड र मेडलसंगै १५ किलोग्रामको खसी रहेको आयोजकले जनाएको छ ।