गोद्धकलाई विश्वभर चिनाउन बृहत धार्मिक कार्यक्रम गर्ने बिषयमा छलफल

387
SwadeshPost

गोद्धक क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आउँदो रामनवमी पर्वमा राम चरित्र मानस बाचन सहितको बृहत धार्मिक कार्यक्रम आयोजना गर्ने बिषयमा प्रारम्भीक छलफल सहितको स्थलगत अवलोकन गरिएको छ ।

६ वटा भाषामा प्रवचन गर्ने अन्तराष्ट्रिय स्तरका प्रवचकका रुपमा चर्चित कथा बाचक चैतन्य कृष्णसंगै माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेल, वडा नं. २ का वडाध्यक्ष इश्वरी प्रसाद ढकाल, गर्दी सामुदायिक पुस्तकालयका अध्यक्ष भरत प्रसाद तिमिल्सिनासंगै सो क्षेत्रका सामाजिक अगुवाहरुको एक टोली गोद्धक क्षेत्र पुगी त्यसको विकासका लागि राम चरित्र बाचन लगायतका धार्मिक कार्यक्रम गर्ने छलफल गरेको हो । पौराणिक महत्वको गोद्धक क्षेत्रमा पाँचपाण्डव, परशुराम कुण्ड, कुकुरनाथ बिरालनाथ, हरिहर मन्दिर, भीमसेन इनार, गोद्धक मन्दिर लगायतका प्राचीन सम्पदाहरु रहेका छन् । त्यसलाई संरक्षण गरी विश्वभर प्रचार प्रसार गर्न सके सो क्षेत्र महत्वपूर्ण धार्मिक पर्यटनस्थलका रुपमा विकास हुने वडाध्यक्ष पौडेलले स्वदेश एफ.एम.लाई जनाउनुभयो ।

SwadeshPost