स्टार कप फुटबलमा ज्ञानज्योति बी र चैनपुर ए विजयी, तेश्राे चरण प्रवेश

307
SwadeshPost

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज (शुक्रबार) सातौं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् ।

आजको पहिलो खेल दिउँसो १:३० बजे ज्ञानज्योति युवा क्लब, भैरवपुर बी र दियो क्लब माडीबिच भएकोमा ज्ञानज्योति युवा क्लब १–० गोलअन्तरसहित बिजयी भएको छ । खेलको म्यान अफ द म्याच ज्ञानज्योतिका किरण महतो हुनुभएको छ । उहाँले नै सो खेलको एकमात्र तथा निर्णायक गोल गर्नुभएको थियो । त्यसैगरी दोश्रो खेल चिरौली युनाइटेड क्लब ए र चैनपुर फुटबल क्लब ए बिच भएकोमा ३–१ गोलअन्तरसहित चैनपुर फुटबल क्लब बिजयी भएको छ । खेलको म्यान अफ द म्याच चैनपुर फुटबल क्लबका जर्सी नं. १० लगाई खेल्नुभएका राजीब मगर घोषित हुनुभयो ।

प्रतियोगिता अन्तरगत भोलि आठौं दिन पनि दोश्रो चरणका २ वटा खेलहरु सञ्चालन हुनेछन् । पहिलो खेल १:३० बजे बर्डस् नेपाल बघौंडा ए तथा ज्ञानज्योति युवा क्लब, भैरवपुर ए का बिच तथा दोश्रो खेलमा दिउँसो ३ः३० बजेपछि स्टार स्र्पोटस क्लब बी र बसन्तपुर युनाइटेड क्लब बी प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार शिल्ड मेडल र प्रमाणपत्रसहित क्रमशः ७५ हजार ५ सय ५५, ३७ हजार ५ सय ५५ र १० हजार रहेको छ । त्यसैगरी बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर तथा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको सहयोगी संस्था माडी नगर युवा खेलकुद तथा साँस्कृतिक समिति रहेको छ भने आधिकारिक मिडिया स्वदेस एफ. एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost