स्टार कपमा बर्डस् नेपाल बघौंडा ए स्टार स्पोर्टस् क्लब बी तेश्राे चरणमा

463
SwadeshPost

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज आठौंं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् ।

आजको पहिलो खेल दिउँसो २:३० बजे बर्डस् नेपाल बघौंडा ए तथा ज्ञानज्योति युवा क्लब, भैरवपुर ए बिच भएकोमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि ट्राइबे्रकरमा बर्डस् नेपाल बघौंडा ए बिजयी भएको छ । खेलको म्यान अफ द म्याच बर्डस् नेपाल बघौंडाका गोलरक्षक किरण महतो हुनुभएको छ ।

त्यसैगरी दोश्रो खेल निर्धारित समयभन्दा केहि ढिला गरी साँझ करीब ५ बजे स्टार स्पोर्टस् क्लब बी र बसन्तपुर युनाइटेड क्लब बी बिच भएकोमा १–० गोलअन्तरसहित स्टार स्र्पोटस क्लब बी बिजयी भएको छ । खेलको म्यान अफ द म्याच स्टार स्पोर्टस् क्लबका मनोज क्षेत्री घोषित हुनुभयो ।
प्रतियोगिता अन्तरगत भोलि नवाठौं दिन पनि दोश्रो चरणका २ वटा खेलहरु सञ्चालन हुनेछन् । पहिलो खेल १:३० बजे चिरौली युनाइटेड क्ल्ब बी र चैनपुर फुटबल क्लब बी का बिच तथा दोश्रो खेलमा दिउँसो ३ः३० बजेपछि जनआस्था युवा क्लब, माडी–६, कल्याणपुर र जीतबाहन युवा क्लब, गर्दीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार शिल्ड मेडल र प्रमाणपत्रसहित क्रमशः ७५ हजार ५ सय ५५, ३७ हजार ५ सय ५५ र १० हजार रहेको छ । त्यसैगरी बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर तथा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको सहयोगी संस्था माडी नगर युवा खेलकुद तथा साँस्कृतिक समिति रहेको छ भने आधिकारिक मिडिया स्वदेस एफ. एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost