हरितालिका तिजको अवसरमा माडीकाे ब्रह्मपुरीमा विशेष कार्यक्रम मनाइयाे

188
SwadeshPost

हरितालिका तिजको अवसरमा माडीकाे ब्रह्मपुरीमा शनिबार आर्थिक हिसाब किताब सार्वजनिक तथा दरखाने कार्यक्रम गरिएको छ । सामुदायिक भवन निर्माण समितिको आयोजना सम्पन्न कार्यक्रमको ब्यवस्थापक दक्षिण ब्रहम्पुरी टोलसुधार समिति र सगरमाथा कालिका टोलसुधार समिति रहेको थियो ।

सामुदायिक भवन निमार्ण समितिका अध्यक्ष कृष्ण सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं. ५ का वडाअध्यक्ष रामबन्धु पोख्रेल रहनुभएको थियो भने विशिष्ठ अतिथि सामुदायि भवनको लागि जग्गा प्रदान गर्नुहुने शिक्षक झलकराम बराल र स्थानिय शिब चापागाँइ रहनुभएको थियो । सामुदायिक भवन निर्माण अभियन्ता सुलभबन्धु पोख्रेलले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक खेमनारायण पोख्रेलले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा सामुदायिक भवन निर्माण सहयोगार्थ अन्तरगत हालसम्म २४ जना सहयोगदाताहरुले सहयोग गर्नुभएको, सामुदायिक भवनको लागि करिब १ लाख ४४ हजार संकलन भएको र हालसम्मको २ लाख ३ हजारको खर्च विवरण प्रस्तुत गरिएको अभियन्ता पोख्र्रेलले स्वदेश एफ.एमलाई जानकारी दिनुभयो । कार्यक्रममा ब्रहम्पुरीबाट प्रत्येक घरका एक सदस्यहरुलाई दर खुवाइ नाचगान समेत गरिएको थियो ।

SwadeshPost