स्टार कप फुटबलमा बर्डस नेपाल ‘ए’ र स्टार स्पोर्टस् ‘बी’ सेमिफाइनल प्रवेश

180
SwadeshPost

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज दशौंं, दिन क्वार्टरफाइनल चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् ।

आजको पहिलो खेल दिउँसो २:३० बजेपछि स्टार स्पोर्टस् क्लब, बरुवाको भेट्रान टिम र बर्डस नेपाल, बघौंडा ए बिच भएकोमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि ट्राइबे्रकरमा बर्डस नेपाल, बघौंडा ए ५–४ गोलअन्तरसहित बिजयी भएको छ । खेलको म्यान अफ द म्याच बर्डस नेपाल, बघौंडाका गोलरक्षक सुजन चौधरी घोषित हुनुभएको छ । त्यसैगरी दोश्रो खेल करीब ४:३० बजे स्टार स्पोर्टस् क्लब बी (रातो) र चिरौली युनाइटेड क्लबबिच भएकोमा ६–१ गोल अन्तर सहित स्टार स्पोर्टस् क्लब बी (रातो) बिजयी भएको छ । खेलको म्यान अफ द म्याच स्टार स्पोर्टस् क्लका खेलाडी जमीर मियाँ हुनुभयो ।

आजको खेल जित्ने बर्डस् नेपाल ए बघौंडा र स्टार स्पोर्टस् क्लब, बी रातो सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगिता अन्तरगत भोलि एघारौं दिन क्वार्टस फाइनलका थप २ वटा खेलहरु सञ्चालन हुनेछन् । पहिलो खेल १:३० बजे ज्ञानज्योति युवा क्लब बी र चैनपुर फुटबल क्लब ए का बिच हुनेछ भने दोश्रो खेलमा दिउँसो ३:३० बजेपछि जनआस्था युवा क्लब, माडी–६, बसन्तपुर र बसन्तपुर युनाइटेड क्लब माडी–३ बसन्तपुरको ए टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार शिल्ड मेडल र प्रमाणपत्रसहित क्रमशः ७५ हजार ५ सय ५५, ३७ हजार ५ सय ५५ र १० हजार रहेको छ । त्यसैगरी बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर तथा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको सहयोगी संस्था माडी नगर युवा खेलकुद तथा साँस्कृतिक समिति रहेको छ भने आधिकारिक मिडिया स्वदेस एफ. एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost