मध्यपूर्वी माडीको देबेन्द्रपुरमा भएको सडक दुर्घटनामा एक महिला घाइते

331
SwadeshPost

मध्यपूर्वी माडीको देबेन्द्रपुरमा आज भएको सडक दुर्घटनामा एक महिला घाइते भएकी छन् । साेमबार दिउँसो ३:५० बजे ठोरीबाट भरतपुर जान लागेको ना. ४ ख. ५४८६ नम्बरको यात्रुबाहक ठूलो बस देबेन्द्रपुर बजार, शनि मन्दिर जाने चोकनजिकैको उकालो उक्लन नसकी ब्याक हुँदा दुर्घटना भएको हो । बसको अघिल्लो भागको एउटा चक्का सडकछेउको नालीमा गडेको थियो ।

गाडी ब्याक हुँदा आत्तीएर ढोकाबाट फाल हानेकी भारत नरकटियागंज क्षेत्र घर भइ हाल भरतपुरतर्फ जाँदै गरेकी महिला घाइते भएकी हुन । घाइते महिलाको उपचार भइरहेको छ । घटना भएको केहि क्षणमै घटनास्थलमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट जनपद तथा ट्राफिक प्रहरी र छरछरेस्थित बोर्डर आउट पोष्टबाट शसस्त्र प्रहरी पुगेको थियो । बाटोमा बस तेर्सिएसंगै देबेन्द्रपुरमा यातायात बन्द भएको थियो । बन्द भएको बाटो खुलाउन प्रहरीले जे.सी.बि. हेक्साभेटर मगाई साँझ करीब ५:१५ देखि दुइतर्फी यातायात सुचारु गराएको थियाे ।

यसैबिच, कीर्तनपुर नजिकै रिमाल खोलाको उकालोमा एक यात्रुबाहक बस बिग्रँदा यातायात सेवा प्रभावित भएको छ । ना. ५ ख. नम्बरको यात्रुबाहक बस बिग्रिएर कीर्तनपुर उकालोको बिचमै रोकिँदा अन्य सवारी साधनहरुले सडक छेउको डाइभर्सनबाट आवत जावत गर्नु परिरहेको हाम्रा सहकर्मी विजय विश्वकर्माले जानकारी दिनुभयो ।

SwadeshPost