माडीमा चल्ने बसहरुले पुनः क्षमताभन्दा धेरै र छतमा यात्रुहरु राख्न सुरु

294
SwadeshPost

नारायणगढ माडी ठोरीमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरुले पुनः क्षमताभन्दा धेरै र छतमा समेत यात्रुहरु राख्न सुरु गरेका छन् । मुख्यतः भरतपुरको चौबिसकोठीबाट माडीका लागि छुट्ने बसहरुले क्षमताभन्दा धेरै यात्रु बोक्न सुरु गरेका हुन् ।

प्रायः अन्तिम बसहरुले सिट क्षमताको तीनगुणा बढीसम्म यात्रुहरु चढ्न बाध्य पारिरहेका हुन् । साँझ ५ बजेपछि चौबिसकोठीमा आइपुग्ने माडीका अन्तिम भनिएका बसहरु राती ६ बजेपछि र कहिलेकाँही राती ७ बजे मात्र गन्तव्यस्थलका लागि छुट्ने गरेका हुन, जसका कारण यात्रुहरुलाई अत्यन्त सकस हुने गरेको छ ।

यातायात व्यवसायीहरुले भने तीज पर्वमा यात्रुहरुको चाप उच्च भएको समय भएकाले क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेको जनाउँछन् । तर माडी क्षेत्रमा सञ्चालनमा रहेको यात्रुबाहक बसमा यो समस्या निरन्तर दोहोरिइरहने गरेको छ । यस बिषयमा यातायात क्षेत्रको नियमन गर्ने ट्राफिक प्रहरी तथा माडी नगरपालिकाले तत्कालै ध्यान पु¥याउनु आवश्यक देखिएको सार्वजनिक यातायातका उपभोक्ता र सरोकारवालाहरुले जनाएका छन् ।

SwadeshPost