मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

स्वदेशपोष्ट विशेष

श्रमजीवि युवा कृषक समूहद्वारा मिट मार्ट कोल्ड स्टोर तथा खाजा घर सञ्चालन

  • A
  • A+
  • A++

माडीका युवाहरुको व्यवसायिक प्रतिष्ठान श्रमजीवि युवा कृषक समूहले हिजोदेखि माडीको बरुवामा श्रमजीवि मिट मार्ट, कोल्ड स्टोर तथा खाजा घर सञ्चालनमा ल्याएको छ । आयातको बिस्थापन, निर्यातको प्रबद्र्धन, समृद्ध राष्ट्र निर्माणमा युवा लगानी अभियान भन्ने नारासहित स्थापित सो मिट मार्टको आज एक कार्यक्रमबिच माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले उद्घाटन गर्नुभयो ।

विज्ञापन १

हिजो सम्पन्न उद्घाटन समारोहमा माडी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरुसंगै सामाजिक अगुवाहरु सहभागी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढकालले युवाहरुले स्थापना गरेको सो सामुहिक व्यवसायको प्रशंसा गर्दै नगरपालिकाबाट सक्दो सहयोग गर्ने जनाउनुभयो । स्वदेशमै स्वरोजगार हुन चाहने युवाहरुलाई नगरपालिकाले ४ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने उहाँको भनाई थियो ।

विज्ञापन २

बरुवा बजारमा स्थानीय युवाहरुले सामुहिक रुपमा करीब १५ लाख लगानी गरी सो मिट मार्ट, कोल्ड स्टोर तथा खाजा घर स्थापना गरेका हुन् । समूहमा माडीका सक्रिय युवाहरु नारायण प्रसाद अधिकारी, टिकाराम सुवेदी, बिपिन पाठक र लोकराज पोखरेल सदस्य रहनुभएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया