माडीमा लगाइएका सोलार फेन्स मर्मत सम्भार नहुँदा काम नगर्ने अवस्थामा

272
SwadeshPost

माडीको धोबाहा रतनी लगायतका गाउँहरुमा लगाइएका सोलार फेन्स मर्मत सम्भार हुन नसक्दा काम नगर्ने अवस्थामा पुगेका छन् ।

धोबाहा क्षेत्रमा दैनिकजसो रातीको समयमा चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा र बँदेलजस्ता जंगली जनावरहरु आई धानबाली विनाश गरिरहेको भएपनि सो क्षेत्रमा रहेको सोलार फेन्स मर्मत हुन नसक्दा स्थानीयबासी र कृषकहरु चिन्तित भएका छन् । धोबाहा क्षेत्रको सोलार फेन्सको व्याट्री बिग्रिएको छ भने रीउको बाढीले कतिपय ठाउँका तार र पोलमा क्षती पु¥याएको छ । विगतमा सोलार फेन्स हेर्ने हेरालोको व्यवस्था गरिएपनि त्यसको दीर्घकालीन व्यवस्थापन हुन नसक्दा सोलार फेन्स मर्मत गर्ने तथा चालु र बन्द गर्ने कामसमेत रोकिएको धोबाहा गाउँबाट स्थानीयबासी जितेन्द्र मर्दनीयाँले स्वदेश एफ.एम.लाई जानकारी गराउनुभयो ।

यता, बघौंडा मध्यवर्ती उपभोक्ता समितिले हाल पौहारी गाउँमा सोलार फेन्स तानिसकिएको र मेसिन हाल्न मात्रै बाँकी रहेको जनाएको छ । धोबाहा क्षेत्रमा जारी आर्थिक बर्षमा सोलार फेन्स हाल्न बजेट बिनियोजन गरिएको र यथासक्दो चाँडो काम सुरु गरिने समितिका अध्यक्ष प्रभुप्रसाद महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost