मध्यपूर्वी माडीको इन्द्रबस्तीमा भालुको आक्रमणबाट एक युवक घाइते

698
SwadeshPost

मध्यपूर्वी माडीको इन्द्रबस्तीमा बिहीबार भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् । माडी नगरपालिका वडा नं. ८ मा पर्ने इन्द्रबस्तीमा बिहिबार दिउँसो करीब २ बजे घरसंगैको काँसघारीमा घाँस काटिरहेका १८ बर्षका युवक पूर्ण बहादुर बि.क. घाइते हुनुभएको हो । भालुले टोक्दा उहाँको दुबै हात, पेट र खुट्टामा ठूलो घाउ बनेको छ ।

घरसंगैको खेतमा बाख्राका लागि बि.क.ले घाँस काटिरहँदा भालुले आक्रमण गरेको देखेपछि दुई छिमेकी युवाहरुले होहल्ला गरी भालु धपाएका थिए । घाइते बि.क.लाई माडीमा प्राथमिक उपचार गरी थप उपचारको लागि एम्बुलेन्समा राखी भरतपुर पु¥याइएकोमा हाल उपचार भइरहेको छ । उनको उपचार भइरहेको र हाल खतरामुक्त अवस्था रहेको छ । दिउँसै घरनजिक जंगली जनावर आएपछि गाउँमा ठूलो सन्त्रास समेत पैदा भएको तथा भालु अद्यपि साेही क्षेत्रमै रहेकाे अाशंका गरिएकाे हाम्रा पूर्वी माडी सहकर्मी भुपेन्द्र गीरिले जानकारी दिनुभयो ।

यसअघि पनि इन्द्रबस्ती तथा जीवनपुर क्षेत्रमा जंगली भालुकाे अाक्रमण हुँदै अाएकाे छ । गतबर्ष भालुकाे अाक्रमणबाट पूर्ण बहादुर तामाङ घाइते हुनुभएकाे थियाे ।

SwadeshPost