सडक सरसफाई दिवसको अवसरमा सिप नेपालद्वारा कीर्तनपुर बजार सफाई

393
SwadeshPost

सडक सरसफाई दिवसको अवसर पारी माडीका सक्रिय युवाहरुको संस्था सिप नेपालले कीर्तनपुर बजार क्षेत्रको सरसफाई गरेको छ ।

सेप्टेम्बर १४ अर्थात सडक सरसफाई दिवसको सन्दर्भ पारी कीर्तनपुर बजार व्यवस्थापन समितिको सहकार्य तथा ईलाका प्रशासन कार्यलय माडी, ईलाका प्रहरी कार्यालय माडी, उद्योग वाणिज्य संघ माडी र माडी नगरपालिका वडा नं. ७ का वडा प्रतिनिधिहरुको सहभागितामा कीर्तनपुर बजार क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न गरिएको सिप नेपालका अध्यक्ष इन्दिरा विश्वकर्माले जानकरी दिनुभयो । विगत दुई बर्षदेखि सरसफाईको क्षेत्रमा काम गर्दै आएको सिप नेपालले माडीका मुख्य बजार क्षेत्रहरुसंगै सडक सरसफाईको नियमित कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यसैबिच, बसन्तपुर बजार क्षेत्रमा सरसफाई कर्मचारीहरुमार्फत बजार सरसफाई कार्यलाई निरन्तरता नदिइँदा बजार पुनः फोहोर देखिन सुरु गरेको छ । केहि महिना अगाडी माडी नगरपालिकाको सहयोगमा सिप नेपालले नै सरसफाई कर्मचारी खटाउँदा बसन्तपुर र आसपासको क्षेत्रको सरसफाई व्यवस्थित हुँदै गएको भएपनि त्यस कार्यलाई निरन्तरता दिन नसकिँदा बसन्तपुर बजार क्षेत्रको फोहोर र प्रदूषण बढ्दै गएको हो । बजार फोहोर हुँदै गएपनि यसको समाधानका लागि सम्बन्धित निकायहरुको ध्यान भने पुग्न सकेको छैन ।

SwadeshPost