माडी नगर कार्यपालिकाद्वारा क्रसर मेसिन खरिद गर्ने लगायतका निर्णय

178
SwadeshPost

माडी नगरपालिकाले क्रसर मेसिन सञ्चालन गर्ने निर्णय गरेको छ । निर्माण जन्य काम र परियोजनाहरुका लागि गिट्टी ढुंगा उठाउँदा संधै चितवन राष्ट्रिय निकुञ्जको अवरोध झेल्दै आउनुपरेको माडी नगरपालिकाले यसको निकासमा सघाउने गरी क्रसर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।

माडी नगरपालिकाको आज सम्पन्न कार्यपालिका बैठकले क्रसर मेसिन खरिद गर्ने निर्णय गरेको हो । त्यसैगरी बसन्तपुरमा रहेको कृषि सेवा केन्द्रको भवनमाथी ट्रस निर्माण गरी कर्मचारी आवास गृह निर्माण गर्ने तथा नगर प्रमुखको गाडी मर्मत खर्च स्वीकृत गर्ने समेत निर्णय भएको छ । त्यस्तै आजको नगर कार्यपालिकाको बैठकले नगरपालिकाको कामलाई तीब्रता दिन दुईजना इन्जिनियरको दरबन्दी कायम गर्ने समेत निर्णय गरेको छ । एकजना आर्किटेक्ट तथा अर्का एक सिभिल इन्जिजियर नियुक्त गर्ने नगरपालिकाले निर्णय गरेको हो । यो संगै गाडी राख्ने सेड निर्माण गर्ने र सम्पूर्ण योजनाहरु मंसिर महिनाभित्र सम्झौता हुने नीति बनाउने समेत निर्णय गरिएको छ । मंसिरमा सम्झौता गरी समयमै योजनाहरु सम्पन्न हुने वातावरण बनाउन यस्तो निर्णय गरिएको नगरपालिका श्रोतले जानकारी दिएको छ ।

SwadeshPost