दिवाकर स्मृति प्राविधिक शिक्षालयमा नयाँ भर्नाको फारम भर्ने क्रम जारी

387
SwadeshPost

दिवाकर स्मृति प्राविधिक शिक्षालय हरिनगरमा जारी शैक्षिक सत्रका लागि नयाँ भर्नाको फारम भर्ने क्रम जारी रहेको शिक्षालयले जनाएको छ ।

सिभिल इन्जिनियरिङ र पशुविज्ञान विषयको अध्ययन अध्यापन हुने सो शिक्षालयमा भोलि ३१ गतेसम्म फारम भर्ने म्याद बाँकी रहेको शिक्षालयका प्रधानाध्यापक पुष्पराज पौडेलले जानकारी दिनुभयो । आउँदो असोज ३ गते बिहान ७ बजे प्रवेश परीक्षा सञ्चालन गरिने उहाँले जनाउनुभयो । फारम भर्न जन्मदर्ता वा नागरिकता प्रमाणपत्र, एस.एल.सी या एस इ.ई. उत्तीर्ण भएको लब्धाङ्क पत्र तथा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि जरुरी पर्ने जनाइएको छ ।

लेटर ग्रेडिङ प्रणाली अन्तरगत एस.इ.ई. उत्तीर्ण हुने विद्यार्थीहरुमध्ये सिभिल इन्जिनियरिङका लागि अनिवार्य गणित र विज्ञान विषयमा सि ग्रेड र अनिवार्य अंग्रेजीमा डि प्लस ल्याएको हुनुपर्ने प्रावधान रहेको छ । त्यसैगरी पशु विज्ञान अध्ययन गर्न अनिवार्य अग्रेजी, गणित र विज्ञान विषयमा कुनै दुईवटा विषयमा सि प्लस र एउटामा डि प्लस आएको हुनुपर्ने जनाइएको छ । लेटर ग्रेडिङ प्रणालीमा परीक्षामा सम्मिलित भन्दा अगाडिका विद्यार्थीहरु हरूका लागि समग्रमा ४५ प्रतिशत वा दोश्रो श्रेणी ल्याएको हुनुपर्ने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सि.टि.इ.भि.टी.)को वेवसाइटमा उल्लेख गरिएको छ ।

SwadeshPost