थाकसद्वारा माडीका थारु महिलालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

152
SwadeshPost

थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडी चितवनको आयोजनामा माडीका थारु महिलाहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको सभाहल, बघौंडा गाउँमा सम्पन्न सो कार्यक्रममा माडीका थारु बाहुल्य सबै वडाबाट प्रतिनिधीगत रुपमा महिला समूहहरुको सहभागिता रहेको थियो । आमोस चौधरीले प्रशिक्षण दिनुभएको सो कार्यक्रममा थारु महिला सभा चितवन जिल्ला अध्यक्ष धञ्जु महतो, थारु कल्याणकारिणी सभा चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरी, माडीका थारु महिला अगुवा सुक्रमीया चौधरी लगायतको पनि सहभागिता रहेको थियो ।

थारु समुदायलाई नमुना कृषि गाउँ बनाउन, व्यवसायिक खेती बढाउन, घोंगी माछा गंगटा लगायतका थारु परिकारहरुलाई व्यवस्थित गरी आयआर्जन गर्न र प्राकृतिक हिसाबले नमुना गाउँ बनाउन सो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थारु महिला सभा चितवन जिल्ला अध्यक्ष महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost