ठोरीको नयाँ बस्तीमा जंगली हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु

192
SwadeshPost

ठोरी गाउँपालिका–३ ब्रम्हनगरको नयाँ बस्तीमा जंगली हात्तीको आक्रमणबाट आइतबार राति एक युवतीको ज्यान गएको छ । भाग्ने क्रममा अर्की एक जना महिला घाइते भएकी छिन् । शिकारीवास सामुदायिक वनबाट गाउँ पसेको जंगली हात्तीको आक्रमणबाट ज्यान जानेमा नुवाकोटको पञ्चकन्या गाउँपालिकाकी २७ वर्षकी रेजिना स्याङ्बो रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । घाइते हुनेमा वर्ष ३० की गुल्मी धुरकोट गाउँपालिका–२ की उर्मिला केसी रहनुभएको छ ।

मोटरसाइकलमा सवार स्याङ्बोलाई हात्तीले आक्रमण गरी ज्यान लिएको उनी संगै रहेकी केसीले जानकारी दिनुभयो । हात्तीले रेजिनाको टाउकोमा खुट्टाले कुल्चिएको अवस्थामा सडकको छेउमा शव फेला परेको प्रनि विष्टले बताउनुभयो । प्रहरी निरीक्षक विष्टका अनुसार रेजिनाको साथमा रहेको मोवाइलको आधारमा पहिचान खुलेको हो । ठोरी गाउँपालिका–४ विजयवस्तीबाट ठोरी तर्फ आइरहेको समयमा हात्तीले वीरगंज–ठोरी सडक खण्डको नयाँवस्तीमा आक्रमण गरेको थियो । सूर्यबहादुर स्याङ्तानको घर भत्काई रहेको हात्तीले अचानक सडकमा आएर हात्तीले आक्रमण गरेको थियो । तीनजना सवार मोटरसाइकललाई आइतबार राति साढे १२ बजेको समयमा हात्तीले आक्रमण गरेको थियो ।

SwadeshPost