माडीकाे ब्रह्मपुरी स्थित जय विश्वकर्माबाबा मन्दिरमा पुजा अर्चना गरियाे

298
SwadeshPost

माडीको एकमात्र विश्वकर्माबाबा मन्दिरको रुपमा रहेको माडी नगरपालिका–५ ब्रह्मपुरी स्थित जय विश्वकर्माबाबा मन्दिरमा विश्वकर्मा पुजाको अवसर पारी सोमबार पुजा अर्चना कार्यक्रम सम्पन्न भएकाे छ ।

जय विश्वकर्मा बाबा मन्दिर व्यवस्थापन समिति ब्रह्मपुरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिका उपप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो भने सभाध्यक्ष पुजा व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर खाती रहनुभएको थियो । त्यस्तै, कार्यक्रममा माडी नगरपालिका वडा नंं. ५ का वडाअध्यक्ष रामबन्धु पोख्रेल, आधारभुत विद्यालय ब्रह्मपुरीका प्रधानाध्यापक गंगाराम रानाभाट, मन्दिरको लागि भूमिदान गर्नुहुने भीमबहादुर विश्वकर्मा र रामबहादुर विश्वकर्मा, सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्णबहादुर विश्वकर्मा लगायतको सहभागिता रहेको थियो । गणेश घतानेले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रम प्रकाश खातीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा माडीमा सञ्चालित अटो, गाउँबाट मोटरसाइकल, ट्रयाक्टर लगायतका साधनहरुको पुजा गरिएको र राती अबेरसम्म भजन कृतन गरिएको थियो । पुजाको आज विहानै रीतपूर्वक फुलपाती विसर्जन गरिएको पुजा व्यवस्थापन समितिले जनाएको छ ।

यसैबिच, विश्वकर्मा पुजाको दोस्रो दिन आज देशभर रितपूर्वक नदी, ताल, तलैयामा विश्वकर्मा बाबाको मुर्ती सेलाइ विश्वकर्मा पुजा सम्पन्न गरिँदैछ । असोज महिनाको १ गते अर्थात हिजो कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजा अर्चना गरी मनाइएको थियो । हिजो विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि पुजा गर्ने र आज रितपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाइ पुजा गर्ने प्रचलन रहेको छ ।

SwadeshPost