माडीको बरुवामा आजदेखि दशदिने निःशुल्क योग शिबिर सन्चालन सुरू

335
SwadeshPost

स्टार स्पोर्ट्स क्लबको आयोजनामा माडीको बरुवास्थित स्टार फुटबल मैदानमा आजदेखि निःशुल्क योग शिबिर सन्चालन भएको छ । आजदेखि १२ गतेसम्म सञ्चालन हुने सो योग शिविरमा पतञ्जली योग समिति नवलपुरका जिल्ला उपाध्याक्ष खुमलाल कँडेलले योग प्रशिक्षण दिनुहुने छ । बिहान ५ बजेदेखि ७ बजेसम्म हरेक दिन २ घण्टाका दरले १० दिनसम्म सञ्चालन हुने सो शिविरमा सहभागी भई योगाभ्यास गर्न क्लबले सबैमा अनुरोध गरेको छ ।

मानवीय स्वास्थ्यमा विशेष महत्व रहँदै आएको योगलाई आत्मा, शरीर र मनलाई एकाकार गर्ने माध्यमको रुपमा समेत लिने गरिन्छ । योगको शुरुवात हिन्दू दर्शन अनुसार नै भएको मानिएपनि हाल यो पश्चिमी देशहरुमा समेत प्रचारप्रसार भइरहेको छ

SwadeshPost