साइड नेपालद्वारा असोज १९ देखि तेस्रो दशै कप फुटबल प्रतियोगिता हुने

238
SwadeshPost

नेपालीहरुको महानपर्व विजया दशमीको अवसर पारी समाज सुधार तथा वातावरण विकास नेपाल (साइड नेपाल) बसन्तपुरले तेस्रो दशै कप नकआउट फुटबल प्रतियोगिता २०७५ आयोजना गरेको । माडी नगरपालिका स्तरमा सञ्चालित हुने सो प्रतियोगिता आउँदो असोज १९ गते उद्घाटन भई असोज २९ गते सम्म सञ्चालित हुने कार्यतालिका रहेको छ ।

यसपटकको दशै कप नकआउट फुटबल प्रतियोगिता २०७५को बिजेताले माडीको हालसम्मकै सर्बाधिक पुरस्कार धनरासी स्वरुप ८० हजार रुपैंयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने समूहले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता अन्तरगत अनुशासित टिम, सर्बाधिक गोलकर्ता, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक तथा अनुशासित टिम लगायतले समेत नगद पुरस्कार र मेडल प्राप्त गर्ने खेल संयोजक रामु क्षेत्रीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । हरेक खेलमा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने सो कार्यक्रम माडी नगरपालिका–३ बसन्तपुर बजारमा रहेको फुटबल चौरमा सञ्चालन हुनेछ । प्रतियोगितामा माडीभरिका करिब २४ समूहले सहभागिता जनाउने आयोजकले विश्वास लिएको छ ।

SwadeshPost