दिवाकर स्मृति प्राविधिक शिक्षालयमा पहिलो व्याचका लागि प्रवेश परीक्षा सम्पन्न

463
SwadeshPost

दिवाकर स्मृति प्राविधिक शिक्षालय हरिनगरमा पहिलो व्याच भर्नाका लागि बुधबार प्रवेश परीक्षा सम्पन्न भएको छ । सिभिल इन्जिनियरिङ र पशुविज्ञान विषयको अध्ययन अध्यापन हुने सो शिक्षालयमा सिभिल इन्जिनियरिङका लागि ४४ जना तथा पशुबिज्ञान बिषयमा ३७ जनाको कोटाका लागि हिजो प्रवेश परीक्षा गरिएको हो । सिभिल इन्जिनियरिङतर्फ ४९ जनाले फारम भरेकोमा आजको प्रवेश परीक्षामा ४५ जना सहभागी भएका थिए । त्यसैगरी पशुबिज्ञान बिषयमा २० जनाले फारम भरेकोमा सबै २० जना नै प्रवेश परीक्षामा सहभागी भएका थिए । सिभिल इन्जिनियरिङमा ४ जना तथा पशुबिज्ञान बिषयमा ३ जना बिद्यार्थीहरु भने सि.टि.ई.भि.टी.को छात्रवृत्ति कोटाबाट अध्ययनका लागि आउने शिक्षालयले जनाएको छ ।

पशुबिज्ञानमा अझै १७ जनाको कोटा बाँकी नै रहेको छ । बाँकी कोटामा अध्ययन गर्न चाहने प्रशिक्षार्थीहरुले आउँदो असोज ९ गते भरतपुरमा हुने निजी प्राविधिक कलेजहरुको प्रवेश परीक्षामा सहभागी हुन सक्ने र त्यहाँ सहभागी भएको कागजात प्रस्तुत गर्न सक्ने शिक्षालयका प्राचार्य पौडेलले जनाउनुभयो ।

लेटर ग्रेडिङ प्रणाली अन्तरगत एस.इ.ई. उत्तीर्ण हुने विद्यार्थीहरुमध्ये सिभिल इन्जिनियरिङका लागि प्रवेश परीक्षामा सहभागी हुन अनिवार्य गणित र विज्ञान विषयमा सि ग्रेड र अनिवार्य अंग्रेजीमा डि प्लस ल्याएको हुनुपर्ने प्रावधान रहेको छ । त्यसैगरी पशु विज्ञानको प्रवेश परीक्षामा सहभागी हुन अनिवार्य अग्रेजी, गणित र विज्ञान विषयमा कुनै दुईवटा विषयमा सि प्लस र एउटामा डि प्लस आएको हुनुपर्ने जनाइएको छ । लेटर ग्रेडिङ प्रणालीमा परीक्षामा सम्मिलित भन्दा अगाडिका विद्यार्थीहरु हरूका लागि समग्रमा ४५ प्रतिशत वा दोश्रो श्रेणी ल्याएको हुनुपर्ने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सि.टि.इ.भि.टी.) को वेवसाइटमा उल्लेख गरिएको छ ।

SwadeshPost