सवारी चालकहरुको हड्तालका कारण माडी उपत्यकामा पेट्रोलको अभाव

168
SwadeshPost

सवारी चालकहरुको हड्तालका कारण माडी उपत्यकामा पेट्रोलको अभाव हुन थालेको छ । पेट्रोल सकिन लागेको चर्चा चलेपछि आज माडीको बसन्तपुरस्थित ओम साई पेट्रोल पम्पमा लामो लाइन लागेको छ । मोटरसाइकल चालका र पेट्रोलका उपभोक्ताहरुले लाइन बसेरै भएपनि आफ्ना मोटरसाइकल तथा ग्यालेनहरुमा पेट्रोल भरिरहेका छन् । पेट्रोलको अभाव देखिएपछि माडीसैगै नारायणगढ, भरतपुर र अन्य स्थानका पेट्रोल पम्पमा ग्राहकहरुको लामो लाइन लागेको छ भने कतिपय पेट्रोल पम्पहरुमा इन्धन सकिएर बन्द गरेका छन् ।

चितवन पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष ईश्वरी भट्टराईले जनाउनुभए अनुसार तीन दिनदेखिको ट्याङ्कर चालकको हडतालले डिजेलको अभाव नभए पनि कतिपय पेट्रोल पम्पमा पेट्रोल सकिएको छ । पेट्रोल पम्पको लाइनले फेरि नागरिकलाई भारतको अघोषित नाकाबन्दीको झझल्को दिएको छ ।

यसैबिच, सवारी चालकको हडतालका कारण इन्धन आपूर्तिमा अवरोध भएपछि चितवनमा इन्धनको अभाव हुन नदिन प्रहरीको इस्कटिङमा भोलि ट्याङ्करलाई तेल भर्न अमलेखगञ्ज पठाइने जनाएको छ । चितवन डिलर्स एशोसिएसन र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको बीचमा बिहीबार भएको छलफलपछि प्रहरी स्कर्टिङमा इन्धन भर्न ट्याङ्कर पठाउने निर्णय भएको हो ।

SwadeshPost