नगर खाद्य अनुगमन समितिद्वारा उपभोक्ताहरुलाई नै सचेत हुन अनुरोध

150
SwadeshPost

माडीको बजार क्षेत्रमा बजार अनुगमन गरेको माडी अन्तरगतको खाद्य अनुगमन समितिले उपभोक्ताहरुलाई सचेत हुन अनुरोध गरेको छ ।

बजार अनुगमनका क्रममा क्रममा प्रायः पसल तथा होटल वा खाजा घरहरुमा म्याद सकिएका चिसो पेय पदार्थ र खाद्यान्न भेटिएसंगै म्याद सकिएको चिसो पेय र खाद्यपदार्थ उपभोग नगर्न उपभोक्ताहरुनै सचेत हुनुपर्ने समितिका संयोजक तथा नगर आयुर्वेद अधिकृत रविशंकर शाहले जनाउनुभयो । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै संयोजक शाहले आफूले उपभोग गर्न लागेको पेय पदार्थको उत्पादन मिति र म्याद सकिने मिति हेर्ने बानीको बिकास गर्न उपभोक्ताहरुलाई अनुरोध गर्नुभएको हो । त्यस्तै व्यवसायीरु पनि सचेत हुनुपर्ने उहाँको धारणा थियो ।

खाद्य अनुगमन समितिका सदस्यहरुमा उद्योग बाणिज्य संघ माडी, नागरिक समाज माडी, पशुपंक्षी विकास कार्यालय, कृषि विकास कार्यालय, आयुर्वेद औषधालय तथा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरे र ईलाका प्रहरी कार्यालयका प्रतिनिधीसंगै सञ्चारकर्मी सदस्य रहेका छन् ।

SwadeshPost