सहुलियत ऋण प्रदान गर्न माडी न.पा. र साना किसान सहकारीबिच सहमती

157
SwadeshPost

व्यवसायिक कृषि तथा पशुपालन गर्ने किसानहरुलाई चार प्रतिशतको व्याजदरमा सहुलियत ऋण प्रदान गर्न माडी नगरपालिका र साना किसान सहकारीहरुबिच सहमती भएको छ ।

पशुपालन, तरकारी खेती, दुग्ध उत्पादन गर्ने कृषकहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन माडी नगरपालिकाको दोश्रो कार्यपालिकाको बैठकले निर्णय गरेकोमा त्यसलाई कार्यान्वयमा ल्याउन नगरपालिकाले माडी क्षेत्रमा क्रियाशील चारवटै साना किसान मअिला कृषि सहकारी संस्थाहरुसंग साझेदारी गर्न लागेको हो । सहकारीहरुले किसानहरुसंग लिने चार प्रतिशतभन्दा अधिक व्याज माडी नगरपालिकाले व्यहोर्नेगरी दश करोड रुपैंयासम्मको ऋण प्रवाह गर्न सहमती भएको हो ।

सहुलियत ऋणको व्यवस्थापनका लागि कृषि तथा सहकारी विभागका संयोजक तथा वडा नं. २ का वडाध्यक्ष ईश्वरी ढकालको संयोजकत्वमा एक कार्यदल समेत गठन भएको छ । कृषकहरुलाई आउँदो दशैंभित्र नै कृषकहरुलाई ऋण प्रवाह गर्ने योजना रहेको माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । स्वदेश एफ.एम.को दैनिक बहसमुलक कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै नगरप्रमुख ढकालले कृषकहरुलाई ऋणलगानीसंगै युवा स्वरोजगार कार्यक्रम अन्तरगत स्वरोजगार हुन चाहने युवाहरुलाई समेत चार प्रतिशत व्याजदरमा ऋण लगानी सुरुवात हुन लागेको जनाउनुभयो । बिना धितोमा एक लाखसम्म तथा नागरिकता र शैक्षिक प्रमाणपत्रलाई धितो मानी पाँच लाख रुपैंयासम्मको रकम ऋणस्वरुप प्रदान गर्ने योजना रहेको उहाँले जनाउनुभयो ।

SwadeshPost