देशभर १० प्रतिशत गाडीभाडा बढेपनि नारायणगढ माडी रुटमा नबढ्ने

283
SwadeshPost

आजदेखि देशभर सवारी साधनमा १० प्रतिशत गाडीभाडा बढेको भएपनि नारायणगढ माडी रुटमा भने नबढाउन यातायात व्यवसायीहरु तयार भएका छन् । स्वदेश एफ.एम.को विशेष फलोअप अन्तरगत आज अाइतबार बिहान यातायात व्यवसायीसंग गरिएको विशेष कुराकानीमा व्यवसायीहरुले माडीको बसभाडा यथावत राख्न तयार भएका हुन् । साविककै भाडामा माडी ठाेरी रूटमा यातायात सञ्चालन गर्न नारायणी चितवन संयुक्त यातायात उपसमिति माडीका हितमान गुरूङले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

नारायणगढ माडी ठोरी रुटमा ठीक एक महिना अघीमात्र करीब ३० प्रतिशत गाडीभाडा बढेको थियो । त्यतिबेला यातायात व्यवस्था कार्यालय भरतपुरले प्रतिकिलोमिटर रु. २ रुपैंया ४५ पैसाको दररेट कायम हुनेगरी भाडा बढाएको थियो । त्यसबेला बढेको दररेट अनुसार भरतपुरदेखि बनकट्टाको रु. ८५, गर्दी/सेरुवाको रु. ९०, बरुवाको रु. ९८ र चिरौली/सिधुवाको रु. १०५, बसन्तपुरको रु. ११०, कल्याणपुरको रु. १२०, कीर्तनपुरको रु. १२३, देबेन्द्रपुरको रु. १३०, खरकट्टाको रु. १३६ र टम्टा/कृष्णनगरको रु. १४० तथा बगहीको रु. १५० पुगेको थियो ।

SwadeshPost